पत्नी हत्या आरोपमा ३३ वर्षीय युवक पक्राउ

प्रहरीले ललितपुरको धापाखेलबाट पत्नी हत्याको आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।

यही भदौ १२ गते राति खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका- ७ घर भइ ललितपुर महानगरपलिका- २४ धापाखेल नखुडोल बस्दै आएकी ३५ वर्षीया शशिकला राई मृत फेला परेकी थिइन् ।

शशिकला आफ्नै बेडमा मृत अवस्थामा फेला परेको भनी मृतकका आफन्तले प्रहरीलाई सोही राति खबर गरेपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

घटनाको सम्बन्धमा सुक्ष्म अनुसन्धान गर्दै जाँदा निजकै श्रीमान ३३ वर्षीय भक्तिराज राईले शशिकलाको हत्या गरेको खुलेको ललितपुर प्रहरी परिसरका एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

उनलाई पक्राउ गरि कर्तव्य ज्यान सम्बन्धी कसुरमा कारबाही अघि बढाइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार