विश्वकप लिग-२ खेल्न क्यानडा जाने नेपाली टोलीको बिदाइ

क्यानडामा हुने आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टोलीको आज (मंगलबार) बिदाइ गरिएको छ । 

नेपाल क्रिकेट संघ (क्यान) आज बिहान कार्यक्रम गरी रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोलीको बिदाइ गरेको हो । 

लिग २ मा नेपालले पहिलो खेल यही सेप्टेम्बर १६ र २२ मा क्यानडासँग खेल्नेछ । यसपछि सेप्टेम्बर १८ र २४ मा ओमानविरुद्ध खेल्नेछ । लिग २ पछि नेपाल, ओमान र क्यानडाबीच त्रिकोणात्मक टी–२० आई सिरिज पनि हुनेछ ।

उक्त सिरिजमा नेपालले सेप्टेम्बर २८ र अक्टोबर १ मा क्यानडासँग खेल्नेछ भने सेप्टेम्बर २९ र अक्टोबर २ मा ओमानसँग प्रतिस्पर्धा गर्नेछ ।  त्यसपछि लिग २ खेल्न नेपाली टोली अमेरिका प्रस्थान गर्नेछ । 

अमेरिका, नेपाल र स्कटल्यान्डबीच त्रिकोणात्मक र टी-२० आई दुवै सिरिज हुनेछ ।

क्यानडा भ्रमणका लागि क्यानले १६ सदस्यीय टोली घोषणा गरिसकेको छ । क्यानडा र अमेरिका भ्रमणका लागि जगत टमटालाई कन्सल्टेन्ट कोचसमेत नियुक्त गरेको छ ।

सम्बन्धित समाचार