कथा खोल्दै ‘सानो संसार’को ट्रेलर सार्वजनिक

चलचित्र ‘सानो संसार’को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक ट्रेलरले सिनेमाको कथा खोलेको छ ।

मध्यमवर्गीय परिवारको संघर्ष, विदेश मोह, सन्तानलाई विदेश पठाउने अभिभावकले गरेको संघर्ष ट्रेलरमा देख्न सकिन्छ ।

विदेशमा कामको अवसर, ऋण र व्याजको भूमरीमा फस्दै गएको परिवार ट्रेलरमा देख्न सकिन्छ । अन्ततः परिणाम पनि ट्रेलरले देखाइदिएको छ ।

असोज ११ गतेबाट प्रदर्शनमा आउने चलचित्रलाई अर्जुनकुमारले निर्माण गरेका छन् । पारिवारिक कथावस्तुमा निर्माण भएको चलचित्रलाई सिद्धार्थ पुडासैनीले लेखन तथा निर्देशन गरेका हुन् ।

चलचित्रमा हास्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’की श्रीमती सीतादेवी तिमल्सेनाको मुख्य भूमिका छ । उनीसँगै राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल शिशिर सिवाकोटी, सरिता भण्डारी र जीवन गौतमको अभिनय छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार