सरकारले साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई ५० प्रतिशत भन्सार छुट दिएर चिनी आयात गर्न स्वीकृति दिएको छ ।
सरकारले चाडपर्वका बेला चिनी अभाव हुन नदिन दिई सरकारी स्वामित्वका साल्ट ट्रेडिङ र खाद्य व्यवस्थालाई ३० हजार मेट्रिक टन चिनी आयात गर्न स्वीकृति दिएको छ ।
सोमबारको र बसेको मन्त्रिपरिषद् बैठकले साल्ट ट्रेडिङ र खाद्यलाई १५–१५ हजार मेट्रिकटन चिनी आयात गर्दा लाग्ने भन्सार महसुलमा ५० प्रतिशत छुट दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री गुरुङले दसैं, तिहार तथा छट पर्वमा चिनी अभाव हुन नदिन सरकारी स्वामित्वका दुई कम्पनीलाई भन्सार छुटमा चिनी आयात स्वीकृति दिइएको बताए ।