दयाहाङ र आँचलको ‘दुखी आत्मा’को छायांकन सुरु

चलचित्र ‘दुखी आत्मा’को छायांकन सुरु भएको छ । दयाहाङ राई र आँचल शर्मा मुख्य भूमिका रहेको चलचित्रको छायांकन सुरु भएको हो । 

चलचित्रको निर्देशन दीपेन्द्र लामाले गरेका छन् । लेखन पनि निर्देशक स्वयंको छ । चलचित्रमा दयाहाङ र आँचलसँगै अनुपविक्रम शाही, बुद्धि तामाङ, पुस्कर गुरुङ, कविता आले, शिसिर वाङ्देल, आशान्त शर्मा, लोकेन्द्र लेखक, अंकित खड्का, लुनिभा तुलाधरलगायत कलाकारको अभिनय छ । 

चलचित्रको निर्माता हिमाल कडरिया हुन् । फिल्म काठमाडौँ उपत्यका सेरोफेरोमा खिचिने जानकारी निर्देशक लामाले दिएका छन् । निर्माता कडरियाले आफूहरूले फिल्म भरपुर मनोरञ्जक बनाउन कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार