नेपालबाट अस्करमा सहभागी हुँदै ‘शाम्बाला’

आजदेखि प्रदर्शन भइरहेको फिल्म ‘शाम्बाला’ले यस वर्ष अस्करमा नेपालको प्रतिनिधित्व गर्ने भएको छ । अस्करको नेपाल छनोट समितिले मीन भाम निर्देशित यस फिल्मलाई अस्करमा पठाउने निर्णय गरेको हो ।

यस फिल्मले अस्करको अन्तर्राष्ट्रिय फिचर फिल्मको विधामा भाग लिनेछ । यसअघि यो फिल्म बर्लिन र लोकर्नोजस्ता ठूला महोत्सवमा सहभागी भइसकेको छ ।

बर्लिन फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर भएको यो फिल्म स्विट्जरल्यान्डको लोकार्नोमा स्क्रिनिङ भएको थियो । जहाँ अभिनेत्री थिन्हेले उत्कृष्ट अभिनयका लागि बोक्कलिनो डिओर अवार्ड जितिन् ।

‘शाम्बाला’ बर्लिन फिल्म फेस्टिभलको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको विधामा छनोट भएको थियो । उक्त फेस्टिभलको विधामा छनोट हुने यो पहिलो नेपाली फिचर फिल्म हो ।

भामको दोस्रो निर्देशकीय फिल्म ‘शाम्बाला’मा थिन्लेसहित सोनम तोप्देन मुख्य भूमिकामा छन् । यस फिल्मले नेपाली पश्चिमी हिमाली क्षेत्रमा प्रचलित बहुपतिप्रथाको कथा छ ।

फिल्मको कथा निर्देशक भाम र अविनाश विक्रम शाहीले लेखेका हुन् । तिब्बती भाषामा रिलिज उक्त फिल्मलाई नेपालमा अंग्रेजी र नेपाली सबटाइटलमा प्रदर्शन गरिएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार