भाइको हत्या आरोपमा दाइ पक्राउ

जिल्ला प्रहरी कार्यालय झापाले भाइको हत्या गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा शिवसताक्षी नगरपालिका–८ का ४५ वर्षीय नारायण सिटौला रहेका छन् ।

बिहीबार ४१ वर्षीय रामप्रसाद सिटौला आफ्नै घरको बलेँसीमा मृत अवस्थामा भेटिएपछि इलाका प्रहरी कार्यालय झिलझिलेको टोली अनुसन्धानमा खटिएको थियो ।

उनको टाउको र अनुहारमा चोट देखिएकाले घटना शंकास्पद भएको भन्दै नारायणलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार