ओलम्पिकमा आज नेपालकी पौडी खेलाडी गौरिका सिंहले प्रतिस्पर्धा गर्दै

टोकियो ओलम्पिकमा नेपालकी पौडी खेलाडी गौरिका सिंहले आज प्रतिस्पर्धा गर्दैछिन् । गौरिकाले महिलाको १ सय मिटर फ्री–स्टाइलमा प्रतिस्पर्धा गर्नेछिन् । उनको खेल नेपाली समयअनुसार अपरान्ह पौने चार बजे हुनेछ ।

गौरिका हिट वानमा रहेकी छिन् । यस हिटमा नेपालसहित नाइजेरिया, मोन्टेनेग्रो र गुवामका खेलाडी रहेका छन् । गैरिका यो स्पर्धामा दक्षिण एसियाली च्याम्पियन हुन् । उनले दुई वर्षअघि नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुदमा नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी थिइन् ।

टोकियो ओलम्पिकमा पौडीबाट सहभागी नेपालका एलेक्जेण्डर शाह एलेक्सले पुरुषको १ सय मिटर फ्री–स्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएका छन् । तर, उनी हिट चरणबाटै बाहिरिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार