जुवाखालबाट गाउँपालिकाका पूर्वअध्यक्षसहित ९ जना पक्राउ, १८ लाख बरामद 

मोरङमा जुवा खेलिरहेको अवस्थामा ग्रामथान गाउँपालिकाका पूर्वअध्यक्षसहित नौ जुवाडे पक्राउ परेका छन् ।

शनिबार राति प्रहरीले छापा हानी मोरङको ग्रामथान गाउँपालिकाका पूर्वअध्यक्ष शिवनारायण माझीसहित उनीहरूलाई पक्राउ गरेको हो । ग्रामथान–४ को कटहरा भन्ने ठाँउमा जुवा खेलिरहेको ठाउँमा राति प्रहरीले छापा हानेको जिल्ला प्रहरी कार्यलय मोरङका एसपी नवराज कार्कीले बताए ।

उनीहरूको साथबाट १८ लाख ५१ हजार रुपैयाँ ५०० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ पर्ने माझी २०७४ को निर्वाचनमा निर्वाचित गाउँपलिका अध्यक्ष हुन् ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सुन्दहरैंचा नगरपालिका–१ का ५০ वर्षीय जनककुमार माझी, सुनसरीको दुहबी नगरपालिका–६ का ४५ वर्षीय जयकिशोर साह, महोत्तरीका ४५ वर्षीय महेशकुमार माझी र ४५ वर्षीय महेश साह, ग्रामथान–४ का आर्हलाल माझी, सुनसरीको धरान उपमहानगरपालिका–१५ का युवक राई, दमक–१० का कतुवर्न नेम्वाड, मोरङ लेटाङ नगरपालिका–९ का लोकनाथ सापकोटा र सुन्दरहैंचा–३ का प्रताप राई छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार