असोज मसान्तसम्म वार्षिक नवीकरण शुल्क बुझाउन नेप्सेको निर्देशन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले असोज मसान्तसम्म वार्षिक नवीकरण शुल्क बुझाउन निर्देशन दिएको छ । आइतबार सूचना जारी गरेर नेप्सेले सूचीकृत कम्पनीहरूलाई नवीकरण शुल्क बुझाउन निर्देशन दिएको हो ।

नेप्सेमा सूचीकृत कम्पनीहरूले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को अनुसूची ३ (क) र (ख) मा भएको व्यवस्था बमोजिम आर्थिक वर्ष ०८१/८२ को धितोपत्रको वार्षिक नवीकरण शुल्क बुझाउने समय असोज मसान्तसम्म तोकिएको छ।

तोकिएको समयमा नवीकरण शुल्क नबुझाएमा नवीकरण शुल्कको वार्षिक १० प्रतिशतका दरले जरिवाना लाग्ने साथै धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम १६ अनुसार सूचीकरण स्थगन गर्न सकिने नेप्सेले जनाएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार