सहकारी छानबिन समितिको प्रतिवेदनमा हस्ताक्षर, प्रतिनिधिसभामा पेश हुँदै

सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक, पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेसहितलाई दोषी ठहर गर्दै तयार भएको प्रतिवेदन हस्ताक्षर भएको छ । उक्त प्रतिवेदन जारी प्रतिनिधि सभाको बैठकमा सभापति सूर्य थापाले पेश गर्नेछन् ।

प्रतिवेदनलाई अन्तिम रुप दिन बसेको बैठक भर्खरै सकिएपछि समितिका सांसदहरू प्रतिनिधसभाको बैठकतर्फ लागेका छन् ।

सभापति थापाले पार्टी भन्दामाथि उठेर तथ्यमा आधारित प्रतिवेदन बनाइएको जानकारी दिए । बैठकको अन्त्यमा प्रतिवेदनबारे जानकारी दिँदै सभापति थापले ६६ वटा बैठक गरिएको र उक्त बैठकमा पीडितदेखि प्रधानमन्त्रीसम्मलाई बोलाएर छलफल गरिएको जानकारी दिए । ‘प्रतिवेदनमा दोषीहरूलाई आफ्नो कारबाही र अपराधका भागिदार बनाउने सुझाव निष्कर्ष र सिफारिस छन्’ सभापति थापाले भने । प्रतिवेदन १८ परिच्छेदमा छ ।

छानबिन समितिको प्रतिवेदनलाई अन्तिम रूप दिन आइबार बिहान १० बजे सुरु भएको बैठक राति पौने ३ बजेसम्म चलेको थियो । करिब १७ घण्टाको छलफलपछि बैठक सहमतिमा सकिएको थियो । त्यसपछि समितिको प्रतिवदेन अन्तिम रुप दिइ हस्ताक्षर गर्न सोमबार बैठक बसेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार