सेयर बजारमा ५७ अंकको गिरावट, कारोबार ७ अर्बमा सीमित

सेयर बजार घट्ने क्रमले आज पनि निरन्तरता पाएको छ । साताको दोस्रो सेयर कारोबार दिन सोमबार नेप्से परिसूचक ५७.०३ अंकले घटेर २५८०.७६ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्ड‍ेक्स १.८२ प्रतिशतले घटेर ४६०.११ विन्दुमा पुगेको छ ।

अघिल्लो कारोबार दिन आइतबार नेप्से परिसूचक ५० अंकले घटेको थियो । सो दिन १० अर्ब ३३ करोड मूल्य बराबरको कारोबार भएको थियो । नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ ।

यसदिन ३१२ स्क्रिप्सको १ करोड ७० लाख ६१ हजार ८०७ कित्ता सेयर ७ अर्ब ३६ करोड १९ लाख ८८ हजार ३८३ रुपैयाँमा खरिदबिक्री भए ।

यसदिन दुईवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र हिमालयन हाइड्रोपावरको सेयर १० प्रतिशतले बढ्यो । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको ९.९२ ,रावा इनर्जी डेभलपमेन्टको ५.३७ र राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको सेयर ५.३२ प्रतिशतले बढेको हो ।

गुडविल फाइनान्सका लगानीकर्ताले भने सर्वाधिक गुमाए । सो कम्पनीको सेयर ९.९१ प्रतिशतले घट्यो । यसैगरी थ्री स्टार हाइड्रोपावरको ९.३६,नेपाल फाइनान्सको ८.४२,सृजनशील लघुवित्त वित्तीय संस्थाको ८.२८ र मितेरी डेभलपमेन्ट बैंकको ७ प्रतिशतले सेयर मूल्य घटेको हो ।

सीईडीबी हाइड्रोपावर ३१ करोड मूल्य बराबरको सेयर कारोबार गरी शीर्षस्थानमा रह्यो । सानिमा रिलाइन्स लाइफ इन्स्योरेन्सले २७ करोड मूल्य बराबरको सेयर कारोबार गर्दा नेपाल फाइनान्सले २० करोड, एनएलजी इन्स्योरेन्सले १८ करोड र हिमालयन रिइन्स्योरेन्सले १४ करोड मूल्य बराबरको सेयर कारोबार गरे ।

कारोबारमा आएकामध्ये १४ स्टक्सको मूल्य बढ्दा २२७ वटाको घट्यो । बाँकी तीनवटा स्टक्सको मूल्य भने स्थिर रह्यो । सबै समूहको उपसूचक नकारात्मक देखिएका छन् । यसदिन फाइनान्स समूहको उपसूचक सर्वाधिक ५.६६ प्रतिशतले घटयो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार