यी चार सांसद जो ५६ वटै बैठकमा उपस्थित भएनन्, कारण यस्तो छ

संसदको हिउँदे अधिवेशनमा चार जना सांसदहरू हिउँदे अधिवेशनभरि अर्थात् ५६ बैठकमा अनुपस्थित भएका छन् । विविध कारणले उनीहरू कुनै पनि बैठकमा उपस्थित हुन सकेनन् ।

संसद सचिवालयका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहोरा, नेपाली कांग्रेसकी सांसद अम्बिका बस्नेत र मनोरमा शेरचन र नेकपा एमालेका वसन्तकुमार नेम्वाङ रहेका छन् । उनीहरू स्वास्थ्य समस्याका कारण बैठकमा उपस्थित हुन नसकेको संसद सचिवालयले जनाएको छ ।

सचिवालयका अुनसार चारै जना सांसद स्वास्थ्य उपचारमा रहेका छन् । नेम्वाङको मस्तिष्कघातका कारण उपचारमा रहेको र शेरचनको थेरापी चलिरहेको सचिवालयको भनाइ छ । यस्तै बस्नेत र बोहोराको पनि उपचार चलिरहेको संसद सचिवालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार