कोप–२९ को प्रमुख लक्ष्य निष्कर्षमा पुग्न नसकेको आयोजक अजरबैजानको दाबी

संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२९) को आयोजक अजरबैजानले मङ्गलबार प्रमुख लक्ष्य जलवायु वित्त कोषको विषय निष्कर्षमा पुग्न नसकेपछि सम्मेलन पर्यटनदेखि विश्व शान्तिसम्म सबै कुरामा राष्ट्रको स्वैच्छिक प्रतिज्ञामा केन्द्रीत रहने जनाएको छ ।

नोभेम्बरमा हुने सम्मेलनमा विकासशील देशलाई जलवायु परिवर्तनसँग जुध्न आवश्यक रकम र रकमको स्रोत निर्धारणमा राष्ट्रहरू सहमत हुने अपेक्षा गरिएको छ तर अहिलेसम्मको औपचारिक वार्ता असहमतिमा टुङ्गिएको छ ।

विभिन्न गतिरोधको बावजुद पनि सम्मेलनका लागि उत्साहित रहेको अजरबैजानले कठिन वार्तालाई “पूरक“ गर्ने आशामा एक दर्जन भन्दा बढी पहलहरू अगाडी सारेको छ ।

अजरबैजानले यस सन्दर्भमा म्याराथन शिखर सम्मेलनको क्रममा राष्ट्रलाई युद्धविराम गर्न आग्रह गर्ने, जैविक फोहोर र पर्यटन उद्योगबाट हुने मिथेन उत्सर्जन घटाउने प्रतिबद्धता जनाउने, र विश्वव्यापी ऊर्जा भण्डारणलाई बढावा दिने वाचा गर्ने जस्ता आवश्यक पहल गरेको हो ।

कोप–२९ मा अजरबैजानले प्रस्ताव गरेको मुख्य एजेन्डामध्ये जलवायु वित्त कोष निर्धारणको लक्ष्य विकासोन्मुख देशहरूका लागि जलवायु परिवर्तनसँग जुध्न जीवाश्म इन्धन उत्पादन गर्ने देश र उद्योगबाट आवश्यक रकम सङ्कलन गर्नु हो ।

जीवाश्म इन्धनमा निर्भर अजरबैजानले “जलवायु वित्त कार्य कोष” मा पहिलो योगदान गर्ने अपेक्षा गरिएको छ ।

यस वर्ष बाकुमा हुने शिखर सम्मेलनमा विकासशील देशलाई ’वार्मिङ ग्रह’सँग अनुकूलन गर्न आवश्यक रकम निर्धारण गर्न र उक्त रकम जुटाउन राष्ट्रहरु प्रतिबद्ध हुने अपेक्षा गरिएको छ ।

राष्ट्रका स्वैच्छिक पहल जस्तै गैर–बाध्यकारी प्रतिज्ञा र प्रतिबद्धता कोप शिखर सम्मेलनका विशेषताहरू हुन् तर यस्ता प्रतिज्ञाहरु संयुक्त राष्ट्रसङ्घको समर्थनमा पक्षबीच सहमतिद्वारा उत्पन्न हुने बाध्यकारी सम्झौताभन्दा फरक छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार