हत्या गरेको अभियोगमा पक्राउ

बर्दियाको बारबर्दिया नगरपालिका-५ तर्कापुर बस्ने ३९ वर्षीया मिना थारूको हत्या गरेको अभियोगमा सोही नगरपालिका-११ जब्दी बस्ने ४० वर्षीय पप्पु भन्ने शिव चौधरीलाई गए राती प्रहरीले पक्राउ गरेको छ । 

शिवले धारिलो हतियार प्रहार गर्दा गम्भीर घाइते भएकी मिनाको नगर अस्पताल जयनगरमा उपचारको क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बर्दिया समेतबाट खटिएको प्रहरीले उनलाई बारबर्दिया नगरपालिका-५ सिटिबरेलीबाट पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार