कोशीका मुख्यमन्त्री थापाले पाए विश्वासको मत

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत पाएका छन् । आज बसेको प्रदेश सभाको बैठकमा कार्कीले राखेको विश्वासको मत सम्बन्धीको प्रस्तावमा मतदान हुँदा उनको पक्षमा दुईतिहाई सांसदले मत दिएका हुन् ।

प्रदेश सभामा रहेका ९३ सांसदमध्ये आजको बैठकमा ८३ सांसद उपस्थित भएको र त्यसमा ६६ सांसदले पक्षमा , १५सांसदले विपक्षमा मत जाहेर गरेका सभामुख अम्बरबहादुर विष्टले जानकारी दिए । त्यस्तै २ जना सांसद मत विभाजन प्रकृयामा सामेल भएनन् ।

माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले विश्वासको मत लिएका हुन् । माओवादीले गत भदौ १४ गते समर्थन फिर्ता लिएको थियो ।

९३ सदस्यीय कोशी प्रदेशसभामा नेकपा एमालेका ४० र नेपाली कांग्रेसका २९ गरि ६९ सांसद रहेका छन् । त्यस्तै प्रदेशमा माओवादी केन्द्रका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपाका एक सांसद रहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार