कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन

गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रमसम्बन्धी कार्यदलको प्रतिवेदन शीर्ष नेताहरूलाई बुझाइएको छ ।

बुधबार साँझ कार्यदलका सदस्यहरूले सिंहदरबार पुगेर प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएका हुन् ।

कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता प्रकाशरण महत थिए । यस्तै एमालेबाट उपमहासचिवद्वय विष्णु रिमाल र प्रदीप ज्ञवाली थिए ।

कार्यदलले बुझाएको न्यूनतम साझा कार्यक्रम मन्त्रिपरिषद्ले अनुमोदन गरेपछि सार्वजनिक गर्ने तयारी छ ।

असार १७ गते मध्यराति कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबिच सत्तासहकार्य गर्ने सहमति भएको थियो । असार ३१ गते ओलीको नेतृत्वमा सरकार गठन भएको हो । २ महिना भइसक्दा समेत सरकारको न्यूनतम कार्यक्रम सार्वजनिक भएको छैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार