हिजो घटेको अमेरिकी डलरको मूल्य आज थप घट्यो

नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनिमय दर सार्वजनिक गरेको छ ।

हिजो घटेको अमेरिकी डलरको मूल्य आज थप घटेको छ । त्यसैगरी हिजो बढेको अस्ट्रेलियन डलरको मूल्य आज थप बढेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ३१ पैसा छ । विगत चार दिनसम्म स्थितर रहेर बुधबार घटेको अमेरिकी डलरको मूल्य आज थप घटेको हो ।

हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५३ पैसा थियो ।

त्यसैगरी आजको लागि यूरो एकको खरिददर एकसय ४८ रुपैयाँ ७६ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ४३ पैसा कायम भएको छ । हिजो यूरो एकको खरिददर एकसय ४८ रुपैयाँ ८८ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ५५ पैसा थियो ।

आज पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७६ रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ ४४ पैसा निर्धारण भएको छ । हिजो पनि पाउण्ड यही मूल्यमा कारोबार भएको थियो ।

आज अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ७७ पैसा र बिक्रीदर ९१ रुपैयाँ १७ पैसा निर्धारण भएको छ । हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ३४ पैसा र बिक्रीदर ९० रुपैयाँ ७५ पैसा थियो ।

राष्ट्र बैंकका अनुसार आजको लागि साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७९ पैसा कायम भएको छ । हिजो साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७८ पैसा थियो ।

त्यसैगरी कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८४ पैसा कायम भएको छ। हिजो पनि कतारी रियालको कारोबार मूल्य यही थियो ।

आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४० पैसा र बिक्रीदर ३६ रुपैयाँ ५७ पैसा कायम भएको छ । हिजो यूएई दिराम यही मूल्यमा कारोबार भएको थियो

आज मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६५ पैसा कायम भएको छ । हिजो मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५४ पैसा थियो ।

आज हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १६ पैसा र बिक्रीदर १७ रुपैयाँ २३ पैसा कायम भएको छ। हिजो हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १६ पैसा र बिक्रीदर १७ रुपैयाँ २४ पैसा थियो।

त्यसैगरी कुबेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ५६ पैसा कायम भएको छ। हिजो कुबेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ५७ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ५३ पैसा थियो।

आज बहराइन दिनार एकको खरिददर तीन सय ५४ रुपैयाँ ७७ पैसा र बिक्रीदर तीन सय ५६ रुपैयाँ ३६ पैसा कायम भएको छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ५४ रुपैयाँ ७९ पैसा र बिक्रीदर तीन सय ५६ रुपैयाँ ३८ पैसा थियो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार