‘छक्का पञ्जा–५’को गीत ‘ब्रेक अप’मा प्रेम, धोका र गाली 

 चलचित्र ‘छक्का पञ्जा–५’को गीत सार्वजनिक भएको छ । ‘ब्रेक अप’बोलको गीतमा शब्द, संगीत र स्वर बाबुल गिरीको छ । 

गीत प्रेम, धोका, विवाह र गाली समावेश छ  । आफूले माया गरेको व्यक्तिले अर्कैसँग विवाह गर्न लागेपछिको अवस्था गीतमा सुन्न र देख्न सकिन्छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार दीपकराज गिरी, केदार घिमिरे, दीपाश्री निरौलालगायत फिचर्ड छन् । 

अभिनेता निर्माता दीपक राज गिरीको पटकथा रहेको सिनेमाको कथा र संवाद दीपक, केदार र दीलिप तामाङले मिलेर लेखेका हुन् । 

हरि हुँमागाईको डीओपी, उत्तम हुँमागाईको छायांकन, रोशन श्रेष्ठको द्धन्द्व निर्देशन, कपिल पराजुलीको कलर रहेको सिनेमामा विपीन मल्लको सम्पादन छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार