लेबनानको बेरुत एयरपोर्टबाट उड्ने विमानमा वाकी-टकी र पेजर बोक्न प्रतिबन्ध

लेबनानमा सञ्चार उपकरण पेजर र वाकी–टकी विस्फोट भएर ३७ जनाको मृत्यु र सयौँ घाइते भएपछि राजधानी बेरुतको राफिक हरिरी विमानस्थलबाट उड्ने सबै उडानमा ती उपकरण बोक्न प्रतिबन्ध लगाइएको छ। बेरुतमा अवस्थित यो एयरपोर्ट लेबनानको एक मात्र व्यावसायिक एयरपोर्ट हो।

लेबनानको सरकारी समाचार एजेन्सी एनएनएले उड्डयन एजेन्सीलाई उद्धृत गर्दै यात्रुहरूलाई आफ्नो साथमा पेजर वा वाकी–टकीजस्ता उपकरण नल्याउन भनिएको छ। त्यस्ता उपकरण फेला परेमा तुरुन्तै जफत गरिने जनाइएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार