उपत्यकामा लागुऔषध बिक्री गर्न राखिएको गोदाममा ब्युरोको छापा, चारजना पक्राउ

प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको कोटेश्वर टोलीले ठूलो मात्रामा लागुऔषधका ट्रामाडोलसहित चारजनालाई पक्राउ गरेको छ । 

लागुऔषधका रुपमा प्रयोग हुँदै आएको ट्रामाडोल बिक्री गर्ने गरेको सूचनाको आधारमा प्रहरीले ठूलो मात्रामा ट्रामाडोलसहित उनीहरुलाई पक्राउ गरेको हो ।

ब्युरो स्रोतका अनुसार पक्राउ परेका आरोपीले उपत्यकामा बिक्रीका लागि गोदाम नै राखेको पाइएको प्रहरीले जनाएको छ । 

विशेष सूचनाको आधारमा ब्युरोको टोलीले गोदममै छापा हानेर बिक्रीमा संलग्नलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई ब्युरोको टोलीले शुक्रबार २ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने जनाएको छ । 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार