‘नरसिंहा’ को अविनाश पात्र बन्न नयाँ लुक्समा देखिए राजेश हमाल

अभिनेता राजेश हमाल यतिखेर फिल्म ‘नरसिंहास् अवतार’ को तयारीमा जुटेका छन् । सात वर्षपछि कमब्याक गर्न लागेको फिल्मको लागि हमाल यतिबेला कडा मेहनत गरिरहेका छन् ।

यस फिल्ममा उनी अविनाश पात्रको रुपमा देखिँदैछन् । फिल्मभित्र जुन पात्र समाजको लागि ‘रोलमोडल’ हुन्छन् । राजेश केही समयदेखि यसै पात्रको गेटअप र लुक्सको लागि तयारी गरिरहेका छन् ।

यसैबीच, राजेशको नयाँ लुक्स बाहिरिएको छ । बिहिबार एक कार्यक्रममा देखिएका राजेश फिल्म नरसिंहाको अविनाशको लुक्समा देखिए ।

लामो कपाल, कालो चस्मा र दारीमा देखिएका राजेश आकर्षक देखिएका थिए । उनले नयाँ लुक्सको तस्विरहरु सामाजिक सञ्जालमा समेत सेयर गरेका छन् । राजेशले पनि यस फिल्मलाई निकै महत्त्वका साथ लिइरहेका छन् ।

निर्देशक भट्टराईले पनि यो नयाँ लुक्स फिल्म ‘नरसिंहा अवतार’ को लागि बनाइरहेको जानकारी दिए। एक सातापछि फिल्मको छायांकन सुरु हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार