उदयपुरको घुर्मीमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले उदयपुरको घुर्मीमा नयाँ शाखा विस्तार गरेको छ ।

बैंकले उदयपुर जिल्ला कटारी नगरपालिका वडा नम्बर १४ मा मंगलबारदेखि घुर्मी शाखा सञ्चालनमा ल्याएको हो ।​ बैंकका कोशी प्रदेश प्रमुख यशपाल कुमार तिब्रेवालले नयाँ शाखाको उद्‌घाटन गरे ।

यस नयाँ शाखाबाट ग्राहकहरूले उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरू लिन सक्ने उनले बताए ।​ मंगलबारदेखि नै नयाँ शाखाबाट सम्पूर्ण बैंकिङ सेवाहरू शुरू भएको छ ।

बैंकले २७४ शाखा कार्यालय, ६५ वटा एक्स्टेन्सन काउन्टर, ७७ वटा शाखारहित बैंकिङ र २६६ वटा एटीएममार्फत् सेवा दिँदै आएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार