दुर्गा प्रसाईं पक्राउ

मेडिकल व्यवलसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।

आइतबार प्रहरीको साइबर ब्युरोको टोलीले उनलाई भक्तपुरस्थित घरबाटै नियन्त्रणमा लिएको हो ।

उनलाई साइबर ब्युरो ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय भक्तपुरका डीएसपी मोहनमणि अधिकारीले जानकारी दिए ।

प्रसाईसहित उनीसँगै रहने युट्युवरहरु प्रकाशचन्द्र दाहाल र जीवन पाण्डेविरुद्ध साइबर ब्युरोमा परेको उजुरीका आधारमा प्रहरीले गत साता नै जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको थियो । रास्वपा केन्द्रीय सदस्य टीका संग्रौलालगायत पीडित महिलाले उनीहरुविरुद्ध साइबर व्युरोमा जाहेरी दिएका थिए ।

विभिन्न व्यक्तिको चरित्रहत्या गर्ने, बेश्यावृति गरेको आरोप लगाउँने तथा आपत्तिजनक अभिव्यक्ति दिने गरेको भन्दै उजुरी परेपछि अदालतको अनुमतिमा पक्राउ गर्नुपरेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार