रामेछापको मन्थलीमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु, चार गम्भिर घाइते

रामेछाप सदरमुकाम मन्थलीबाट मन्थली नगरपालिका –५ सुनारपानी हुँदै वडा ४ सालु जाँदै गरेको बोलेरो दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

दुर्घटनामा चार जना गम्भीर घाइते भएका छन् । स्थानीयका अनुसार मन्थलीबाट सालु जाँदै गरेको बा १८ च १८६९ नम्बरको बोलेर गाडी मन्थली नगरपालिका –५ सुनारपानीस्थित भदौरे डाँडा मोडमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक दीपककुमार सिंहले डबल क्यापको बोलेरो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जानकारी दिए । उनका अनुसार दुर्घटनामा मृत्यु भएका र घाइतेहरुको परिचय खुल्न बाँकी छ । घाइतेहरूको सदरमुकाम मन्थलीस्थित विभिन्न अस्पतालमा उपचारका लागि ल्याइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार