इरानको खानी दुर्घटनामा मृत्यु हुनेको संख्या ५१ पुग्यो

इरानको पूर्वी क्षेत्रमा भएको कोइला खानी विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ५१ पुगेको छ ।

इरानको सरकारी सञ्चारमाध्यमले आइतबार दिएको जानकारीअनुसार विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ५१ पुगेको हो ।

‘ताबास खानीमा भएको विस्फोटमा परी मृत्यु हुने कामदारको सङ्ख्या ५१ पुगेको छ भने घाइतेको सङ्ख्या २० पुगेको छ,’ सरकारी समाचार संस्था इर्नाले जनाएको छ ।

यसअघि, पूर्वी इरानको एक कोइला खानीमा ग्यास चुहिएर भएको विस्फोटमा परी कम्तीमा ३० जनाको मृत्यु भएको र २० जनाभन्दा बढीको अवस्था अज्ञात रहेको इरानी अधिकारीले बताएका थिए ।

इरानको रेड क्रिसेन्टले खानीमा खोजी तथा उद्धार कार्य जारी रहेको र त्यहाँ केही कामदार फसेको जनाएको छ।

खानीमा ग्यास जमेकाले खोजी कार्य कठिन भएको जनाइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार