रामेछाप दुर्घटना अपडेट : वडा सदस्यको मृत्यु

रामेछापमा भएको बोलेरो दुर्घटना हुँदा एक महिला वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा मन्थली नगरपालिका –४ सालुकी वडा सदस्य अन्दाजी ६० वर्षीया पदममाया नेपालीको रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

सदरमुकाम मन्थलीबाट मन्थली नगरपालिका –४ सालु जाँदै गरेको बा १८ च १८३९ नम्बरको बोलेरो मन्थली नगरपालिका –५ सुनारपानीस्थित भदौरे डाँडा मोडमा आइतबार दिउँसो दुर्घटना भएको थियो । दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् । दुर्घटनामा परी मन्थली नगरपालिका –४ सालुकी ३४ वर्षीया सीता नेपाली, २५ वर्षीया सुजिता रसाइली, ६९ वर्षीय दिलीपकुमार बरुवाल, ४२ वर्षीया गुणमाया थापामगर, २५ वर्षीया सरिता नेपाली र ५ महिनाको बालिका रोनिसा नेपाली घाइते भएका हुन् ।

घाइतेमध्ये चालक गुणकुमार थापामगर र दिलीपकुमार बरुवालको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिए ।

घाइतेहरूको सदरमुकाम मन्थलीस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ । मृतक वडा सदस्य नेपालीको शव मन्थली अस्पतालमा राखिएको छ । मृतक नेपाली २०७९ मा भएको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट वडा सदस्यमा निर्वाचित भएकी थिइन् ।

रामेछापको मन्थलीमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु, चार गम्भिर घाइते

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार