दुर्गा प्रसाईंलाई अदालत लगियो, १० दिन हिरासतमा राख्न अनुमति मागिने

आइतबार दिउँसो निजी निवास भक्तपुरबाट पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले अदालतमा हाजिर गराएको छ ।

साइबर ब्युरोमा परेको उजुरीका आधारमा जिल्ला अदालत, काठमाडौंले दिएको पक्राउ पुर्जीका आधारमा पक्राउ परेका प्रसाईंलाई आइतबारै अदालतमा हाजिर गराएर थप अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति लिने तयारी प्रहरीले गरेको हो । प्रहरीका अनुसार, उनलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति माग्ने तयारी छ ।

प्रसाईंविरूद्ध साइबर ब्युरोमा व्यक्तिको चरित्र हत्या गरेकोलगायत उजुरी परेपछि प्रहरीले उनलाई आवश्यक अनुसन्धानका लागि पक्राउ गरेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार