कार्यकर्ताहरूलाई रास्वपा पार्टी कार्यालयमा जम्मा हुन सर्कुलर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना पार्टी कार्यकर्ताहरूलाई पार्टी मुख्यालयमा तत्कालै उपस्थित हुन सर्कुलर जारी गरेको छ ।

रास्वपा बागमती प्रदेशका सभापति डा. अच्युत्तम लामिछानेले उपत्यकाका पार्टी सदस्यहरुलाई यथासक्य छिटो केन्द्रीय कार्यालयमा उपस्थित हुन आग्रह गरेका हुन् ।

सर्कुलरसँगै पार्टी मुख्यालयमा भिडभाड बढ्न थालेको छ । ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’ले सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा भित्र्याएका रवि लामिछानेसहितलाई कारबाहीको सिफारिस गरेको छ ।

आजै सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको मुद्दामा प्रहरीले पूर्वडीआईजी छविलाल जोशीलाई पक्राउ परेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार