ग्राहकलाई धम्की दिएर रकम लुटपाट गरेको आरोपमा डान्सबारका सञ्चालक पक्राउ

काठमाडौंको माछापोखरीस्थित फ्लोरिडा डान्सबार एण्ड रेष्टुरेन्टका सञ्चालक सरद तामाङ ग्राहकहरूलाई लुटपाट गरेको आरोपमा पक्राउ परेका छन् ।

तामाङसमेतका व्यक्तिहरूले उक्त डान्सबार एण्ड रेष्टुरेन्टमा आएका ग्राहकबाट अनुचित रकम असुल गर्ने र उक्त रकम नदिएमा कुटपिट गरी जबर्जस्ती रकम असुल गर्नुका साथै ज्यान लिने सम्मको धम्की दिने गरेको प्रहरीको आरोप छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले असोज ४ गते संचालक तामाङ समेत ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको पाँचखाल–२ घर भइ हाल बनस्थली बस्ने वर्ष ३२ को सरद तामाङ, काभ्रेपलाञ्चोकको नमोबुद्ध–११ घर भइ हाल मनमैजु बस्ने २१ वर्षीय कृष्ण तामाङ र सोही स्थान घर भइ हाल शेषमती बस्ने वर्ष २६ का अजय तामाङ रहेका छन् ।

उनीहरूमाथि आवश्यक अनुसन्धान पश्चातः थप अनुसन्धान तथा कानूनी कारबाहीको लागि जिल्ला प्रहरी परिसर पठाइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार