क्यानडासँग नेपालको लगातार दोस्रो हार

आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगातार तेस्रो हार व्यहोरेको छ ।

क्याडनसँग भने नेपालले लगातार दोस्रो हार भोगेको छ । आइतबार राति भएको खेलमा नेपाल क्यानडासँग ५ विकेटले पराजित हुँदा हारको शृङ्खलालाई जारी राखेको हो ।

सिरिजको पहिलो खेलमा नेपाली टोलीले क्यानडासँग १ सय ३ रनको फराकिलो हार व्यहोरेको थियो । सिरिजको दोस्रो खेलमा भने ओमानसँग नेपाल १ विकेटले पराजित भएको थियो ।

क्यानडाको जितमा नवनीत धालिवालले ११३ बलमा ८ चौका र ४ छक्कासहित सर्वाधिक ८७ रन बनाए । परगत सिंहले ८३ बलमा ७ चौका र २ छक्कासहित ६४ रन बनाए ।

दोस्रो विकेटलाई परगन र नवनीतले १२२ रनको शतकीय साझेदारी गर्दै जितको आधार तय गरे । नेपालका सन्दीप लामिछाने २, करण केसी, गुलशन झा र ललित राजवंशीले १-१ विकेट लिए ।

त्यसअघि किग सिटी नर्थ वेस्ट क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४६।१ ओभरमा १८१ रनमा अल आउट भएको थियो ।

सन्दीप लामिछानेले ४८ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ४९ रन बनाएका थिए । गुलशन झाले ५६ बलमा २ चौका र २ छक्कासहित ३४ रन बनाए । एक समय २७.१ ओभरमा ८७-७ को अवस्थामा पुगेको नेपाललाई सन्दीप र सोमपालले आठौं विकेटका लागि ५५ रनको साझेदारी गरेका थिए ।

करण केसीले २८ बलमा २ चौका र १ छक्कासहित २४, अर्जुन साउद १०, आसिफ शेख २, भीम सार्की र रोहित पौडेल ४९-४ रनमा आउट भए । आरिफ शेख १०, अनिल साह १ र सोमपाल कामी २१ रनमा आउट भए ।

क्यानडाका कलिम सानाले १० ओभरमा २ मेडनसहित २९ रन खर्चेर ३ विकेट लिए । हर्ष थाकेर २, डिलोन हेलिगर, प्रवीन कुमार र साद बिन जाफरले १-१ विकेट लिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार