‘केटी हराएको सूचना’को गीतमा खुसी र अनिश्चित जिन्दगी

चलचित्र ‘मिसिङ : केटी हराएको सूचना’को गीत सार्वजनिक भएको छ । ‘हेर्दै जाउँ’ बोलको गीत निर्माणपक्षले म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरेको हो ।

गीतमा रोहित जोन क्षेत्री र शितुसित बस्नेतको स्वर छ । शब्द तथा संगीत दीपेन्द्र गौचनको छ । गीतमा संजोगले अचानक भएको भेट र गन्तब्यबिनाको जिन्दगीको कथा समावेश छ । 

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार सृष्टि श्रेष्ठ र नाजिर हुसेन फिचर्ड छन् । दुई साथीबीचको लामो समयपछिको भेटमा हुने खुसी भिडियोमा देख्न सकिन्छ । 

चलचित्र ‘मिसिङ : केटी हराएको सूचना’ आगामी कात्तिक ३० गतेबाट प्रदर्शनमा आउँदै छ । चलचित्रको संवादरहित टिजर यसअघि नै सार्वजनिक भइसकेको छ । टिजरले अभिनेता नाजिर र अभिनेत्री सृष्टिबीचको प्रेमलाई दर्शाएको थियो । गीतले पनि यी दुईको प्रेमलाई देखाएको छ । गीतले धोका र बदलाको कथामा सिनेमा निर्माण भएको संकेत गरेको छ ।

निर्देशक गौचन स्वयंको स्क्रिप्ट लेखन रहेको सिनेमालाई अमर महर्जनले खिचेका छन् ।

उनी स्वयं निर्माता रहेको सिनेमामा नाजिर र सृष्टिसँगै सञ्जय गुप्ता, राम नारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, ललिता देवी मिश्रलगायतको पनि अभिनय छ ।

नेपालकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सका सञ्चालक नकिम उद्दिन कार्यकारी निर्माता छन् । 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार