भारतबाट अस्कर अवार्डमा किरण राव निर्देशित फिल्म ‘लापता लेडिज’ पठाइने

चर्चित बलिउड फिल्म ‘लापता लेडिज’ भारतबाट ९७औँ अस्करमा छनोट भएको छ । यस फिल्मले सन् २०२५ को अस्कार अवार्डमा भारतबाट आधिकारिक प्रवेश पाएको हो ।

द एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एन्ड साइन्सेस (अस्कर) द्वारा सन् २०२५ मा घोषणा गरिने एकेडेमी अवार्डका लागि भारतबाट ‘लापता लेडिज’ले प्रतिनिधित्व गर्ने भएको हो । फिल्म फेडरेशन अफ इन्डियाका सदस्यले ‘लापता लेडिज’ अस्करमा सिफारिस गरेका हुन् ।

‘लापता लेडिज’ किरण रावको दोस्रो निर्देशकीय चलचित्र हो । उनले यो सिनेमालाई आफ्नो ड्रिम प्रोजेक्ट रहेको बताएकी थिइन् ।

चलचित्रमा रेलमा बेहुली परिवर्तन भएको कथा देखाइएको छ । यो चलचित्रको कथा र प्रस्तुतिलाई लिएर भारतमा ठूलो प्रशंसा भएको थियो ।

चलचित्रमा नितान्सी गोयल, रविन किशन, प्रतिभा रान्टा, स्पर्श श्रीवास्तव, छाया कदम, गीता अग्रवाल शर्मालगायत कलाकारको अभिनय छ ।

नेपालबाट ९७ औँ अस्कर अवार्डका लागि मिनबहादुर भामको ‘साम्बाला’ छनोट भएको छ । यो सिनेमा अहिले प्रदर्शनरत छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार