सिटिजन्स बैंकले ४.२१ प्रतिशत लाभांश दिने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना लगानीकर्तालाई ४.२१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/०८१ को मुनाफाबाट ४.२१ प्रतिशत लाभांश स्वीकृत गरेको छ । 

सञ्चालक समितिको बैठकले प्रस्ताव गरेअनुसार आर्थिक वर्ष २०८०/०८१ को वितरणयोग्य मुनाफाबाट गत असार मसान्तसम्मको चुक्तापुँजीको आधारमा चार प्रतिशतले बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त गरेपछि बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात सेयरधनीले प्राप्त गर्नेछन् । 

सिटिजन्स बैंकले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा कार्यालय, १६२ वटा एटीएम, तीन विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिँदै आएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार