बाबुको हत्या गरेको अभियोगमा एक जना पक्राउ

आफ्नै बाबुको हत्या गरेको आरोपमा प्रहरीले सिरहामा एक जनालाई पक्राउ गरेको छ ।

औरही गाउँपालिका ३ खजनपुरका ६५ वर्षीय भालेश्वर यादवलाई कुटपिट गरी हत्या गरेको अभियोगमा मृतकका छोरा ३८ वर्षीय शैलेन्द्र कुमार यादवलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।

शैलेन्द्र र उनकै श्रीमती ३५ वर्षीया रेणु कुमारी यादवले घरायसी विवादको कारण कुटपिट गर्दा भालेश्वर घाइते भएका थिए । खबर प्राप्त हुनासाथ प्रहरी चौकी औरहीबाट खटिएको प्रहरीले शैलेन्द्रलाई पक्राउ गरेको हो ।

कुटपिटबाट घाइते भएका भालेश्वरको प्रादेशिक अस्पताल हुँदै थप उपचारको लागि नोबेल अस्पताल बिराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।

बाबुको मृत्युपछि प्रहरीले छोरालाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार