वीरबाट डिस्चार्ज भए दुर्गा प्रसाईँ

साईबर अपराधको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँ वीर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

पक्राउ परेकै दिन प्रसाईँको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई वीर अस्पतालमा भर्ना गरिएको थियो ।

प्रसाईँलाई उच्च रक्तचाप र मुटुसम्बन्धी समस्या देखा परेको थियो । प्रसाईँलाई प्रहरी वृत्त सिंहदरबारमा राख्ने तयारी भइरहेको बताइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार