जनमतले केन्द्रीय नेतासहित नौजनालाई सोध्यो स्पष्टीकरण 

जनमत पार्टीले चार केन्द्रीय सदस्यसहित ९ जनासँग स्पष्टीकरण माग गरेको छ ।

यही असोज ५ गते जिल्ला समन्वय समिति महोत्तरीको हलमा आयोजित कार्यक्रममा होहल्ला, गुटबन्दी गरेको भन्दै स्पष्टीकरण सोधिएको हो । स्पष्टीकरण मागिएकामा केन्द्रीय सदस्यहरु दीपेन्द्र मधेशी, कोमल यादव, इन्द्रप्रसाद सिंह र सुरेश ठाकुर रहेका छन् ।

त्यस्तै जलेश्वर नगरपालिका समितिका सचिव सञ्जित यादव र साधारण सदस्यहरु सन्तोषकुमार यादव, सिंहेश्वर मण्डल र रामजीवन साहसँग पनि जनमत पार्टीका उपाध्यक्ष तथा अनुशासन समितिका प्रमुख दीपककुमार साहले स्पष्टीकरण माग गरेका छन् ।

उनीहरुलाई साधारण सदस्यसमेत नरहने गरी किन कारबाही हुनु नपर्ने हो भन्नेबारे ७ दिनभित्र स्पष्टीकरण दिन भनिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार