पलेशा गोवर्धन र प्रशिक्षक कविराज नेगी लामालाई एनएमबी बैंकको नगद सम्मान

एनएमबी बैंकले पेरिस प्याराओलम्पिक खेलकुदमा नेपाललाई पहिलो कांस्य पदक दिलाउन सफल प्यारातेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई सम्मान गरेको छ ।

उनको अभूतपूर्व उपलब्धिको सम्मानमा, बैंकले गोवर्धनलाई नगद पुरस्कार ५ लाख १ हजार र उनका प्रशिक्षक कविराज नेगी लामालाई १ लाख १ हजार रुपैयाँ प्रदान गरेको हो । पलेशा गोवर्धनको प्रतिनिधित्व गरी उनको अभिभावकले उक्त नगद ग्रहण गरेका थिए ।

पलेशाको उपलब्धि र नेपालमा खेलकुदको भावनाको सम्मान गर्दै एनएमबि बैंकको विशेष समारोहमा गोवर्धन र उनका प्रशिक्षकलाई सम्मानस्वरुप नगद हस्तानतरण गरिएको थियो ।

एनएमबी बैंकले हाल देशभर २०१ शाखाहरु, १८७ एटीएमहरु र ११ एक्सटेन्सन काउन्टरहरुमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार