स्रोत नखुलेको नेपाली र भारतीय रकमसहित दुई जना पक्राउ

नेपालगञ्ज उपमहानगरपालिका-४ गणेशपुरबाट स्रोत नखुलेको १६ लाख १० हजार २ सय ५५ नेपाली रुपैयाँ र ५९ हजार ५ सय भारतीय रूपैयाँ सहित दुई जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँका मोहम्मद हबिब सिद्दिकी र मोहम्मद कादिर सिद्दिकी छन् ।

मोहम्मद हबिबको घरमा अवैध हुण्डी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई नगदसहित पक्राउ गरेको हो । प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार