‘प्रेम गीत–३’ ओटीटीमा रिलिज

गत वर्षको दसैँमा नेपाली र हिन्दी भाषामा नेपाल र भारतमा एकसाथ सार्वजनिक प्रदर्शन भएको चलचित्र ‘प्रेम गीत–३’ ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’मा रिलिज भएको छ ।

‘सिनेमाघर’मा रिलिज भएको यो चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, अनुभव रेग्मीलगायत कलाकारको अभिनय छ ।

यो चलचित्रलाई छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गरेका छन् । चलचित्रमा खजाग राज्यका कान्छा राजकुमार प्रेम र उनकी प्रेमिका गीतको कथा छ । 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार