पोखरीमा डुबेर बेपत्ता बालिकाको शव भेटियो

धनुषाको धनुषाधाममा पोखरीमा डुबेर बेपत्ता भएकी बालिकाको शव भेटिएको छ । धनुषाधाम नगरपालिका–३, स्थित धनुषसागर पोखरीमा मङ्गलबार दिनको १२ बजे नुहाउने क्रममा डुबेर बेपत्ता भएकी १३ वर्षीया चन्द्रिका मण्डलको शव भेटिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक गणेश खनालले पोखरीमा डुबेर बेपत्ता बालिकाको शव बुधबार दिउँसो ११ बजे भेटिएको बताए । बेपत्ता भएको झण्डै २३ घण्टापछि मृत्यु अवस्थामा उनको शव पोखरीमा तैरिरहेको अवस्थामा भेटिएको हो ।

उाका अनुसार स्थानीय बिकाउ मण्डलको छोरी चन्द्रिका साथीसँग पोखरीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएकी थिइन् । उनले भने, “घटना थाहा पाए लगतै स्थानीयको सहयोगमा प्रहरी टोली मङ्गलबार अबेर साँझसम्म खोजी गरे पनि बालिका फेला परेकी थिइनन् । बालिकालाई खोज्न माछा मार्ने जाली र मोटर बोटको प्रयोग गरिएको थियो । राति पानीमाथि शव तैरिरहेको अवस्थामा भेटिएको हो ।”

शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खनालले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार