यु–२० एसियन कप छनोट : उज्वेकिस्तानसँग नेपालको लज्जास्पद हार

नेपालले एएफसी यु–२० एसियन कप छनोटको तेस्रो खेलमा उज्वेकिस्तानसँग लज्जास्पद हार खेपेको छ । 

चाइनिज ताइपेईमा जारी छनोटअन्तर्गत बुधबार भएको खेलमा नेपाल उज्वेकिस्तानसँग ६–० गोलले पराजित भएको हो । 

हारसँगै समूह ‘बी’ मा रहेको नेपालको छनोट सम्भावना कमजोर बनेको छ । नेपालले तीन खेलबाट तीन अङ्क बनाएको छ । नेपाल पहिलो खेलमा कम्बोडियासँग ४–१ गोलले पराजित भएको थियो । 

दोस्रो खेलमा नेपालले घरेलु टोली चाइनिज ताइपेईलाई ३–१ गोलले हराएको थियो । नेपालले अब समूहको अन्तिम खेल शुक्रबार बहराइनसँग खेल्नेछ । 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार