इटहरी यातायात कार्यालयबाट १७ बिचौलिया पक्राउ  

यातायात व्यवस्था कार्यालय इटहरीबाट १७ बिचौलिया पक्राउ परेका छन् । बुधबार दिउँसो प्रहरी टोलीले यातायात कार्यालय पुगेर उनीहरूलाई पक्राउ गरेको हो । 

यातायात कार्यालयमा बिचौलियाले अनावश्यक दुःख दिने गरेको गुनासोको आधारमा सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीसहितको प्रहरी टोली अनुगमनमा पुगेको थियो । 

कार्यालयका महत्त्वपूर्ण कागजात नै लेखापढी केन्द्रसम्म लगी सेवाग्राहीसँग काम गरिदिने भन्दै मोलतोल गर्ने गरेको गुनासो प्रशासनसमक्ष पुगेको बताइएको छ । उनीहरूले सवारी चालक अनुमतिपत्र चाँडै निकालिदिने भन्दै सेवाग्राहीसँग रकम असुली गर्ने गरेका छन् ।

इलाका प्रहरी कार्यलय इटहरीका अनुसार पक्राउ परेकाहरूको विषयमा अनुसन्धान सुरु गरिएको छ । प्रदेश सरकार मातहत रहेको यातायात कार्यालयमा सेवाग्राहीले अत्यधिक सास्ती पाउने गरेको जनगुनासो बढ्दो छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार