ओडीआईमा करण र गुल्सनको वरियता सुधार हुँदा सन्दीपको छलाङ

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को नयाँ ओडीआई वरीयतामा नेपालका सन्दीप लामिछानेले छलाङ मारेका छन् । आईसीसीले सार्वजनिक गरेको पछिल्लो वरीयतामा सन्दीपले एकैपटक २२ स्थान सुधार गरेका हुन् ।

तीव्र गतिका बलर करण केसी, गुल्सन झाले वरीयतामा सुधार गरेका छन् । अलराउन्डरतर्फ करण केसीले एकै पटक ११ औं स्थान सुधार गर्दै ७६ औं स्थानमा उक्लिएका छन् । गुल्सन झाले १३ स्थान सुधार गर्दै ९० औं स्थानमा छन् ।

त्यस्तै ललित राजवंशीले १ स्थान सुधार गर्दै ९४ औं स्थानमा छन् । नेपालको ओडीआई वरीयता पनि खस्किएको छ । नेपाल नेपाल १ स्थान तल झदै १७ औं स्थानमा पुगेको छ ।

ओपनर कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, ललित राजवंशी र सोमपाल कामीको वरीयता खस्किएको छ । ललित राजवंशीको दुई स्थान खस्किदा ५२ औं स्थानमा पुगेका छन् । ओडीआईमा ब्याटिङतर्फ ओपनर आसिफ शेख ११ स्थान तल झर्दै ७९ औं स्थानमा पुगेका छन् । कुशल भुर्तेल ४ स्थान तल झर्दा ८० औं स्थानमा छन् । दीपेन्द्र सिंह ऐरी ६ स्थान तल झर्दै ४८ औं स्थानमा पुगेका छन् । कुशल मल्ल ७ स्थान तल झर्दै ५१ औं र सोमपाल कामी ५३ औं स्थानमा यथावत छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार