तीन दिन भारीदेखि धेरै भारी वर्षाको सम्भावना, ५६ जिल्लामा ‘रेड अलर्ट’

मनसुन थप सक्रिय भएपछि मौसम पूर्वानुमान महाशाखाले ५६ जिल्लामा ‘रेड अलर्ट’ जारी गरेको छ ।

महाशाखाका अनुसार, बिहीबार (असोज १० गते) दिउँसोदेखि आइतबार (असोज १३ गते)सम्म देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । देशका अधिकांश स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थान तथा मधेस प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । तराई भू–भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ ।

साथै, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थान तथा कोशी प्रदेश, बागमती प्रदेश, मधेस प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार