लिभरपुलको वेष्ट ह्याम युनाइटेडमाथि सहज जित

डियोगो जोटा र कोडी गाक्पोले समान दुई गोल गरेपछि लिभरपुलले इङ्लिस लिग कपमा वेष्ट ह्याम युनाइटेडमाथि सहज जित दर्ता गरेको छ ।

बुधबार राति एनफिल्डमा भएको खेलमा लिभरपुलले वेष्ट ह्याममाथि ५–१ को सानदार जित दर्ता गरेको हो । लिभरपुलका लागि डियोगो र कोडीले समान दुई गोल गर्दा मोहम्मद सलाहले एक गोल थपे ।

डियोगोले खेलको २५ र ४९ औँ मिनेटमा गोल गरे । सलाहले खेलको ७४ औँ मिनेटमा गोल गरे । कोडीले खेलको ९० र इन्ज्युरी समयमा गोल गरे ।

खेलको २१ औँ मिनेटमा लिभरपुलका जरेल क्वान्साहले वेष्ट ह्यामलाई एक गोल उपहार स्वरुप दिए ।

लिभरपुलले चौथो चरणमा ब्राइटनविरुद्ध खेल्नेछ । चौथो चरणका खेलहरु २८ अक्टोबरदेखि सुरु हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार