साढे तीन किलो चरेशसहित दुई जना पक्राउ

कैलालीमा साढे तीन किलो चरेशसहित दुई जना पक्राउ परेका छन् ।

बुधबार गौरिगंगा नगरपालिका ८ बडैपुरबाट दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कविन्द्रसिंह बोहराले जानकारी दिए ।

पक्राउ पर्नेमा बझाङ केदारस्युँ गाउँपालिका ६ बस्ने २३ वर्षीय गोविन्द धामी र धनगढी उपमहानगरपालिका ३ मा बाजुरा होटल संचालक ४१ वर्षीया मनमति ऐडि रावत छन् ।

प्रहरी नायब निरीक्षक गजेन्द्रबहादुर चन्दको कमाण्डमा खटिएको टोलीले धामीलाई शंका लागेर जाँच गर्दा झोलाबाट २ किलो ७४० ग्राम चरेश बरामद भएको थियो ।

अनुसन्धानकै क्रममा प्रहरी बझाङ होटलमा पुग्दा त्यहाँबाट थप ७४० ग्राम चरेश फेला परेको थियो । उनीहरू दुवै जनालाई चरेशसहित पक्राउ गरी थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार