पूर्वसांसद ढाका श्रेष्ठ धरौटी बुझाएर रिहा भए

लागुऔषध कारोबारको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वसांसद ढाकाकुमार श्रेष्ठ रिहा भएका छन् । जिल्ला अदालत कास्कीका न्यायाधीश भोलानाथ ढकालको इजलासले उनलाई बुधबार उनलाई ७५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

उनी धरौटी बुझाएर रिहा भइसकेका छन् । गत भदौ २७ गते प्रतिबन्धित औषधि (लागुऔषध) टापेटाडोल कारोबारमा संलग्न रहेको आरोपमा कास्की प्रहरीले पक्राउ गरेको थियो । लागुऔषधसहित पक्राउ परेका एक युवकको बयानका आधारमा पृथ्वीचोकस्थित दिया फार्मेसीका सञ्चालकसमेत रहेको ढाकाकुमारलाई प्रहरीले पक्राउ गरेको हो ।

मन्त्री बनाउन नेतृत्वले पैसा मागेको अभिव्यक्ति दिएपछि श्रेष्ठलाई रास्वपाबाले सांसदबाट निकालेको थियो ।

उनलाई प्रहरीले अन्य थुनुवासँग नमिसाई छुट्टै राखेर अनुसन्धान गरिरहेको थियो । गत आइतबारदेखि भने उनलाई काठमाडौँको बानेश्वरबाट पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीसँगै एउटै कोठामा राखिएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार