काभ्रेमा लेदोले वीपी राजमार्ग अवरुद्ध

लेदोसहितको पहिरोले काभ्रेमा बीपी राजमार्ग अवरुद्ध भएको छ ।

आज बिहान सवा ९ बजे बीपी राजमार्गमा पर्ने रोशी गाउँपालिका- ८ चारसयवेँसी भन्ने ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

अवरुद्ध राजमार्ग खुलाउन गाउँपालिका र प्रहरीले प्रयास गरे पनि निरन्तरको पानीले लेदो आउने क्रम नारोकीएको रोशी गाउपालिका अध्यक्ष दिनेश लामाले जानकारी दिए ।

त्यस्तै माम्ती खोलामा भएको अवरुद्ध हटेर यातायात सुचारू भएको पालिकाले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार