पिकअपको ठक्करबाट महिलाको मृत्यु

झापाको शिवसताक्षी नगरपालिका ११ दुधेमा भएको सवारी दुर्घटनामा परी घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

बुधवार बिहान ७ः१५ बजे पूर्वपश्चिम राजमार्गमा झिलझिलेबाट माईधारतर्फ जाँदै गरेको प्र १–०१–०१७ प ४१७२ नम्बरको स्कुटरलाई दक्षिणतर्फ बाटो क्रस गर्ने क्रममा सोही दिशातर्फ जाँदै गरेको प्र १–०१–००१ च ८३३२ नम्बरको पिकअपले ठक्कर दिएको थियो । दुर्घटनामा स्कुटर चालक शिवसताक्षी –९ बस्ने ४० वर्षीया जानुका बाँस्तोला अधिकारी गम्भीर घाइते भएकी थिइन् । टाउकोमा चोट लागेर बोल्न नसक्ने अवस्थाकी अधिकारीको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेकोमा बिहीबार साँझ ७ः१५ बजे मृत्यु भएको हो ।

ठक्कर दिने पिकअप र पिकअप चालक इलाम नगरपालिका–१ बस्ने ३१ वर्षीय सुरेश बस्नेतलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार